खेलकुद

स्टिभ स्मिथ अस्ट्रेलियाको कप्तानमा पुनर्बहाली होलान ?

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १४:५२ बजे

काठमाडौँ: अस्‍ट्रेलियन क्रिकेट टिममा दुई कप्तान छन् । टेस्टतर्फको कप्तानी टिम पेन हुन् भने एक दिवशिय तथा टी-ट्वान्टी टिमको कप्तान आरोन फिन्च हुन् । पेन सन् २०१८ मा कप्तान बनेका हुन् । स्टिभ स्मिथलाई प्रतिस्थापन गरेर । 

स्मिथलाई क्रिकेटबाट एक वर्ष प्रतिबन्ध लगाइएपछि पेन कप्तान बनेका थिए । ‘बल टेम्परिङ’ को अभियोग लागेका स्मिथलाई दुई वर्षका लागि अस्‍ट्रेलियाको कप्तान बन्न नदिने निर्णय गर्‍यो । गत मार्चमा प्रतिबन्ध फुकवा भएपछि स्मिथ क्रिकेटमा फर्किसकेका छन् । जसका कारण उनी अस्‍ट्रेलियाको कप्तान बन्‍न योग्य छन् । 


यस्तोमा उनी पुनः अस्‍ट्रेलियाको कप्तान बन्ने सम्भावनाका बारेमा अनुमान गरिँदै आइएको छ । स्मिथ आफैँले पनि कप्तान बन्न आफू इच्छुक रहेको बताएका छन् । यसै सन्दर्भमा पेनको भनाइ सार्वजानिक भएको छ । उनले आफू स्मिथलाई कप्तानी सुम्पिन तयार रहेको अभिब्यक्ति दिएका छन् । 

‘म निर्णय लिने भूमिकमा छैन । तर उनी कप्तान हुने भए मेरो त्यसमा समर्थन रहन्छ । उनको कप्तानीमा मैले खेलेको छु । उनी रणनीतिक छन् । दक्षिण अफ्रिकाको घटना पछि उनले कप्तानी त्याग्‍नु पर्‍यो । तर त्यस किसिमको घटना फेरि घट्ने छैन,’ पेनले अस्‍ट्रेलियन सञ्‍चार माध्यमसँग कुरा गर्दै भनेका छन् । 

अस्‍ट्रेलियामा टेस्ट कप्तान परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ । पूर्व खेलाडी तथा विशलेषकहरूले सिमथलाई कप्तानमा पुर्नबहाली गर्नुपर्ने माग गरिहरहेका छन् । विशेषगरी भारतसँगको पराजय पछि ३६ वर्षिय पेनले कप्तानी छाड्न् पर्ने आवाज उठिरहेको छ । पेनले तत्काल कप्तानी नछाड्ने बताएका छन् । तर इंगल्यान्डविरुद्धको आउँदो श्रृंखला जित्नसके आफूले विदाई लिनसक्ने संकेत गरे । 

पेनले कप्तानी छाड्दा स्मिथ भन्दा बलियो अर्को उम्मदेवार नहुने बताइएको छ । फास्ट बलर पाट क्युमिन्स हाल टेस्ट टिमको उप-कप्तान रहे पनि उनी बढुवा अुने सम्भावना न्यून छ । अस्‍ट्रेलिया टिम छनौट समूहका प्रमुख ट्रेभोर होन्सले पनि स्मिथ कप्तानको उम्मेदवार भएको बताइसकेका छन् । यद्यपि त्यस विषयमा छलफल भने भइनसकेको होन्सको भनाई थियो ।  


Author

थप समाचार
x