मन्त्री लिम्बुले अजरबैजानमा सहभागी हुन तेक्वान्दोको टोलीलाई गरे बिदाइ ( फोटो फिचर)
काठमाडौँ- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विश्व तेक्वान्दो च्याम्पियनसीप सहभागी खेलाडीलाई बिदाइ गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले अजरबैजान जाने ८ जना खेलाडी १० जनालाई शुभकामनासहित विदाइ गरेका हुन् ।
जेठ १५ देखि २१ गतेसम्म हुने खेलमा सहभागी खेलाडीलाई मन्त्री लिम्बुले बिदाइ गरेका हुन् । पुरुषतर्फ बीरबहादुर महारा ६८ केजी, निरज देउवा ८७ केजी, गोविन्दबहादुर आले ६६ केजी र ५४ केजीको तर्फ सुमित बिष्ट रहेका छन् ।
त्यसैगरी, ६७ केजीतर्फ इन्दिरा बस्नेत, आयासा लामा ५३ केजी, काजल श्रेष्ठ ४९ केजी र ४६ केजीमा युनिसा राई रहेकी छन् । पुरुष कोचतर्फ बब्लु सिवाकोटी र महिला कोच निशा रावल रहेकी छन् ।
मन्त्री लिम्बुले खेलाडीलाई शुभकामना दिदैँ राष्ट्रलाई सम्झेर खेलेमा पक्कै पनि विजय हासिल गर्ने बताएका छन् । ‘तपाइहरूको खेलले राष्ट्रलाई चिनाउन सहयोग गर्नेछ,’ उनले भने ।
उनले खेलाडीको मेहनतले देशको गौरव बढ्ने विश्वास व्यक्त गरे । विश्व समुदायमा नेपालको प्रतिष्ठा बढाउन खेलाडीको भूमिका अहम रहने मन्त्री लिम्बुको भनाइ छ । ‘तपाईंहरूको सफलताका निम्ति म नेपाल सरकार र मेरो तर्फबाट विशेष शुभकामना व्यक्त गर्न चाहन्छु,’उनले शुभकामना दिँदै भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया