आइपीएल : साविक विजेता गुजरात फाइनलमा
काठमाडौँ- शुभमन गिलको शतकको मद्दतमा सहयोगमा साविक विजेता गुजरात टाईटन्स इन्डियन प्रिमियर लिग (आइपीएल)को फाइनल पुगेको छ । अहमदाबादमा शुक्रबार राति गुजरातले मुम्बई इन्डियन्समाथि ६२ रनको जित हात पार्यो ।
गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ७१ रन मात्र बनायो । मुम्बईका लागि सूर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाए ।
गुजरातका लागि मोहित शर्माले ५ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । गुजरातका लागि ओपनर शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय २९ रनको शतकीय ईनिङ खेले ।
पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको थियो । गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नईले फाइनलमा स्थान बनाईसकेको छ ।
पहिलो क्वालिफायरको विजेता चेन्नई र दोस्रो क्वालिफायरको विजेता गुजरातबीच आइतबार फाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया