खेलकुद

भारतमा हुने साफका लागि प्रारम्भिक नेपाली टोली छानिए, टिममा को-को परे ?

इकागज |
जेठ १७, २०८० बुधबार ६:२५ बजे

काठमाडौं– भारतमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीमा पहिलो चरणका लागि ३० खेलाडी छानिएका छन् । अर्काे महिना हुने प्रतियोगिताका लागि सुरुआतमा ३० खेलाडी चुनिएका हुन् ।

अहिले नेपाल सहिद स्मारक ए डिभिजन लिग चलिरहेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एन्सेले लिगकै खेलहमा खेलाडीले गरेको प्रदर्शनको ाधारमा पनि खेलाडीलाई राष्ट्रिय टिमको अन्तिम ३० भित्र राखेका छन् ।


जारी ए डिभिजन लिगकै विश्रामको दिन पारेर मुख्य प्रशिक्षक एन्सेले रणनीतिक प्रशिक्षण दिदै आएका छन् । साफ च्याम्पियनसिपका लागि भनेर उनले नियमित प्रशिक्षणसमेत गराउन पाएका छन् ।

आउँदो २७ जेठभित्र लिग सक्ने एन्फाको तयारी छ । त्यसको करिब १० दिनभित्र साफ सुरु हुन्छ । नेपाल यो संस्करणको साफमा बलियो समूह्मा परेको छ । नेपाल यसपटक समूह एमा भारत, कुवेत र पाकिस्तानसँग समूह एमा रहेको छ । अघिल्लो संस्करणमा नेपालले भारतविरुद्धको फाइनल हारेको थियो ।

अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दक्षिण एसिया बाहिरका लेबनान र कुवेत पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिदैछ । 

प्रारम्भिक नेपाली टोली

गोलकिपर – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)

डिफेन्डर – विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपिएफ फुटबल क्लब), अनन्त तामाङ (.चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (प्रेसिक केडिर), सिमान्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स)

मिडफिल्डर – पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ), विशाल तामाङ (जावलाखेल)

फरवार्ड – आषुश घलान (संकटा), नवयुथ श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी ( संकटा), आशिष चौधरी (चर्च ब्वाइज), विमल घर्ती मगर (मछिन्द्र), जिलेस्पीजंग कार्की (आर्मी), दीनेश हेन्जन (आर्मी)
 


Author

थप समाचार
x