नेपाल एमेच्योर ओपनको उपाधि भारतका सुमितलाई, सुबाश एक स्ट्रोकले पराजित
काठमाडौँ- नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि भारतका सुमित कोटवालले जितेका छन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जितेका हुन् ।
गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन १-अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३-अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् । पहिलो दिनका लिडर सुबाशले २-अन्डर ७० को कार्डसहित समग्रमा १२-अन्डर २ सय ४ सहित मात्र एक स्ट्रोकले पछि पर्दै दोस्रो भए ।
युवा गल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट ३-अन्डर ६९ को स्कोर बनाए । समग्रमा १०-अन्डर २ सय ६ सहित तेस्रो भए । भारतीय बरूण मुथाप्पाले आज इभन-पार ७२ मा खेल सकउँदा समग्रमा २-अन्डर २ सय १४ सहित चौथो स्थानमा खेल सकाए ।
टिममा स्वर्ण जितिसकेका सुबाशले व्यक्तिगततर्फ पनि स्वर्ण जित्ने अपेक्षा गरिएको थियो । सोही अनुरूप फ्रन्टनाइन २-अन्डर ३४मा सकाए । चौथो, पाँचौँ र छैटौं होलमा बर्डी प्रहार गरे भने सातौं होलमा एक सट खेर फाले । ब्याक नाइनमा सुबाशले लय गुमाए । १२औं होलमा एक सट बचाए तर १७ औं होलमा डबल बोगीको सामना गरे । यो नैहारको कारण बन्यो । यसपछि १८ औं होलमा बर्डी प्रहार गरे र ब्याकनाइन इभन पार ३६ मा सकाउँदै दोस्रो स्थानमा चित्त बुझाए ।
महिलातर्फ कश्मीरा शाहले उपाधि जितिन् । आज ४-ओभर ७६ को स्कोरमा उनलेसमग्रमा १८-ओभर २सय ३४ सहित ५ स्ट्रोकको अग्रतामा उपाधि जितिन् । सुष्मा सिग्देल दोस्रो भइन् । ६-ओभर ७८ सहित समग्रमा २३-ओभर २ सय ३९ को स्कोर गरिन् । २ सय ७२ सहित आईन्स्टिना टण्डनले तेस्रो स्थान हात पारिन् ।
प्रतियोगिताको टिमतर्फ नेपालले स्वर्ण, भारतले रजत र भुटानले कास्य पदक प्राप्त गर्यो । यो प्रतियोगितामा सुबाशले एक-एक स्वर्ण र रजत तथा सदभावले दुई रजत नेपाललाई दिलाए । प्रतियोगिताका विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, माउन्टेन स्पोर्टस फाउन्डेसनका अध्यक्ष गोबिन्द भट्टराई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, उपाध्यक्षद्वय पवित्रकुमार कार्की र फुर्साङ लामाले पुरस्कार वितरण गरे ।
नेपालगल्फ संघ र नेपालटुरिजम बोर्डको सम्युक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका५१ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकुदपरिषद्, वागमती प्रदेश खेलकुद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट रहोटल रोयल सिंगीको सहयोगरहेको थियो
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया