खेलकुद

‘बलिङ नगरे हार्दिक पान्ड्याले भारतीय टिममा मौका पाउँदैनन्’

इकागज |
जेठ १, २०७८ शनिबार १७:४३ बजे

काठमाडौँ: इंगल्यान्ड जाने भारतीय टेस्ट टिममा हार्दिक पान्ड्या परेका छैनन् । पान्ड्या अलराउण्डर भएपनि पछिल्लो समय उनले खासै बलिङ गरेका छैनन् । सन् २०१९ ढाँडको शल्यक्रिया पछि मैदान फर्केका पान्ड्या ब्याटिङ गर्नमै केन्द्रित रहे । 

जसका कारण उनलाई भारतीय टेस्ट टिममा नराखिएको बताइएको छ । यस्तो निर्णय सही रहेको भारतीय टिमका पूर्वछनौटकर्ता शरणदिप सिंहले बताएका छन् । गत वर्ष भारतले अस्ट्रेलिया भ्रमण गर्दा शरणदिप टिमको छनौटकर्ता थिए । 


‘छनौटकर्ताले हार्दिकलाई टेस्ट टिममा नराख्नु स्वभाविक हो । हार्दिकले शल्यक्रिया पछि खासै बलिङ गरेका छैनन् । उनले एक दिवशियमा १० ओभर र टी-ट्वान्टीमा पाँच ओभर बलिङ गर्नुपर्छ । उनले ब्याट्सम्यानका रूपमा मात्रै खेलर हुँदैन । त्यस्तो अवस्थामा टिममो सन्तुलन बिगर्न सक्छ । एक्स्ट्रा बलर राख्नुपर्ने हुन्छ,’ भारतीय टिमका पूर्वस्पिनर समेत रहेका शरणदिपले भने, ‘टिममा अरु अलराउण्डर पनि छन् । वासिङ्टन सुन्दर, अक्सर पटेल, शार्दुल ठाकुर सबैले अलराउण्ड खेल देखाउन सक्छन् । त्यसकारण हार्दिकको स्थान सुरक्षित छैन ।’

पृथ्वी श टेस्ट टिममा नपरेकोमा भने शरणदिपले आश्‍चर्य प्रकट गरे । ‘पृथ्वी भारतका लागि अर्को विरेन्द्र सेहवाग बन्‍न सक्छन् । उनी करियरको सुरुवातमा छन् । त्यसकारण उनलाई मौका दिनुपर्छ । अस्ट्रेलिया भ्रमण पछि उनलाई टिममा राखिएन । तर उनले त्यसपछि उनले आफ्नो खेलमा सुधार गरेका छन् । आइपीएलमा पनि उनको प्रदर्शन सन्तोषजनक रह्यो । त्यसकारण उनी जस्तो प्रतिभालाई विश्‍वास गरेर मौका दिइरहनुपर्छ,’ शरणदिपले भने । 
  


 


Author

थप समाचार
x