१९ औँ एसियाडको सचिवालयको कार्यालय सञ्चालन
काठमाडौँ- चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुदको सचिवालयको कार्यालय सञ्चालन गरिएको छ । एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालन गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेप हातामा सञ्चालन गरिएको सचिवालय कार्यालयको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार उद्घाटन गरे ।
सो अवसरमा राखेपका सदस्य–सचिव एवं १९ औँ एसियाली खेलकुद सचिवालयका संयोजक टंकलाल घिसिङसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया