एएफसी यु–२० महिला एसियन कप छनोटमा आज नेपाल र म्यानमार भिड्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिष्पर्धा गर्दैछ । म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले घरेलु टोलीसँग प्रतिष्पर्धा गर्न लागेको हो । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
छनोट अन्तर्गत नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ छन् ।
यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग अन्तिम छनोट खेल खेल्नेछ । नेपालले यस अघि प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीलाई याम प्रसाद गुरुङले गरेका छन् भने नेपाली टोलीको कप्तानी दिपा शाहीले सम्हाल्ने छिन् ।
नेपाली टोली
गोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसान
रक्षकः सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डरः दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य
फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया