खेलकुद

ए डिभिजन लिग : चर्च ब्वाइजलाई एक खेल अगावै च्याम्पियन बन्ने मौका

इकागज |
जेठ २३, २०८० मंगलबार १३:८ बजे

फाइल तस्बिर

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चर्च ब्वाईज र थ्री स्टार क्लब बीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजे हुने खेलमा चर्च ब्वाइजले बराबरी मात्र गरेपनि लिग च्याम्पियन बन्ने छ।

चर्च ब्वाइज अंक तालिकामा २४ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा मच्छिन्द्र फुटबल क्लब छ । चर्च ब्वाइज साविक विजेता मच्छिन्द्रभन्दा ५ अंकका साथै हेड टु हेडमा पनि अगाडि रहेको छ । लिगमा २ खेल बाँकी रहेको अवस्थामा चर्च ब्वाइजसँग आजको खेलमा थ्री स्टारविरुद्ध बराबरी वा जित निकाल्न सके एक खेल अगाडि नै च्याम्पियन बन्ने मौका छ । 


चर्च ब्वाइजले लिग जितेमा लगातार सी डिभिजन, बी डिभिजन र ए डिभिजन लिग जित्ने पहिलो टिम हुँदै कीर्तिमान पनि बनाउने छ ।


Author

थप समाचार
x