खेलकुद

थ्री स्टारले जित्दा एपीएफ रेलिगेसनमा

इकागज |
जेठ २७, २०८० शनिबार २०:२५ बजे

काठमाडौँ- नेपाल एपीएफ फुटबल क्लब 'बी' डिभिजनमा घटुवा भएको छ । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत अन्तिम लिग खेलमा थ्री स्टार क्लब विजयी भएपछि एपीएफ 'बी' डिभिजनमा घटुवा भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टारले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हरायो । थ्री स्टारको जितमा कप्तान बिक्रम लामाले  ८३ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।


यस जितसँगै थ्री स्टार रेलिगेसनबाट जोगिएको छ । थ्री स्टारले २६ खेलमा ३२ अंक जोडेको छ ।  थ्री स्टार नवौं स्थानमा उक्लिएको छ ।

यता २०६२ सालबाट 'ए' लिग खेलिरहेको एपीएफ पहिलो पटक 'बी' डिभिजनमा घटुवा भएको हो । एपीएफ २६ खेलमा ३० अंक जोडेर १३ औं स्थानमा रह्यो ।
खुमलटार क्लब पनि 'बी' डिभिजनमा घटुवा भएको छ ।


Author

थप समाचार
x