खेलकुद

म्यानचेस्टर सिटीलाई युइएफए च्याम्पियन्स लिगको उपाधि

इकागज |
जेठ २८, २०८० आइतबार ७:१० बजे

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधि हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि हासिल गरेको हो । 

शनिबार राति एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधिका लागि निर्णायक साबित भयो । त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन नसक्दा खेल १–० मा टुंगिएर सिटी च्याम्पियन सिपको उपाधि चुम्न सफल भयो । 


पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधीमा पनि जीत हासिल गरेको थियो । 


Author

थप समाचार
x