खेलकुद

फ्रेन्च ओपन टेनिसः फाइनलमा जोकोभिच र रुड भिड्दै

इकागज |
जेठ २८, २०८० आइतबार १२:३४ बजे

काठमाडौँ- फ्रेन्च ओपन टेनिसअन्तर्गतको पुरुष एकलतर्फको फाइनल खेल आज हुँदैछ । फ्रान्सको राजधानी पेरिसमा हुने फाइनलमा विश्व नम्बर ३ नोभाक जोकोभिचले विश्व नम्बर ४ क्यास्पर रुडसँग खेल्नेछन् । जोकोभिच र रुडबीचको खेल नेपाली समयअनुसार साँझ ६:१५ बजेबाट सुरु हुनेछ ।

३६ वर्षीय जोकोभिच र २४ वर्षीय रुडबीच पाँचौं पटक खेल हुन लागेको हो । यसअघि यी दुईबीच भएको खेलमा जोकोभिच सबै खेलमा विजेता बनेका थिए ।


जारी फ्रेन्च ओपनको उपाधि हात पार्न सके सर्वियाका जोकोभिच सर्वाधिक २३ पटक ग्रान्ड स्लाम जित्ने खेलाडी बन्नेछन् । जोकोभिच र स्पेनका राफेल नाडालले समान २२-२२ पटक ग्रान्ड स्लाम जितेका छन् ।

जोकोभिचले फ्रेन्च ओपनको उपाधि जितेमा विश्वभरीका चारवटै ग्रान्ड स्लाम तीन-तीन पटक जित्ने उनी पहिलो खेलाडीको कीर्तिमान पनि बनाउने छन् ।

२०२२ को फ्रेन्च ओपनको फाइनल खेलमा हार भोगेका नर्वेका रुडसँग यस वर्ष जोकोभिचलाई पराजित गरेर पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने अवसर छ । रुडको खेल जीवनको यो तेस्रो ग्रान्ड स्लाम फाइनल हो ।


Author

थप समाचार
x