मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई
काठमाडौँ- मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ । आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत पदाधिकारीहरूले राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरेका हुन् ।
साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेका हुन् । नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । बिदाई कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङले साफ च्याम्पियनसिपमा सबै टोली कडा प्रतिष्पर्धी रहे पनि नेपाली टोलीको तयारी राम्रो भएको बताए ।
उनले चुनौती भए पनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास रहेको बताए । त्यस्तै उनले राज्यले खेलाडीहरूलाई उचित व्यवस्था गर्न नसक्दा राम्रा खेलाडीहरू विदेशीन बाध्य भएको धारणा राखे ।
त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले प्रशिक्षकका क्रममा खेलाडीहरूले राम्रो गरेकाले नतिजा पनि राम्रै आउने बताए ।
भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ । बेंगलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । साफमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया