खेलकुद

एसियाडका लागि ४ टेनिस खेलाडी छनोट

इकागज |
जेठ २८, २०८० आइतबार १९:३४ बजे

काठमाडौँ- चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष-महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् ।

पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः शीर्ष २ मा रहँदै एसियाड सहभागिता निश्चित गरे । पाँच दिने छनोटको पुरुषमा ९ तथा महिलामा ७ जनाले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।



Author

थप समाचार
x