खेलकुद

भारतका पूर्व मुख्य प्रशिक्षक सिंहले नेपाली बक्सरलाई प्रशिक्षण दिने

इकागज |
जेठ २९, २०८० सोमबार ८:३५ बजे

काठमाडौँ- चीनमा आयोजना हुने १९ औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली बक्सिङ खेलाडीलाई भारतीय प्रशिक्षकले प्रशिक्षण दिने भएका छन् । भारतीय टिमका पूर्व मुख्य प्रशिक्षक समेत रहेका सिंहले नेपाली बक्सिङ खेलाडीलाई प्रशिक्षण दिने नेपाल बक्सिङ संघले जनाएको छ ।

अहिले २६ जना खेलाडी एसियन गेम्सको तयारीमा रहेका छन् । चीनले सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म एसियन गेम्स आयोजना गर्दैछ ।


उनीहरुलाई प्रशिक्षण दिने सिंह काठमाडौँ आइपुगेका छन् । एसियन गेम्सका लागि उनी नेपाली टिमको मुख्य प्रशिक्षकको भूमिकामा रहने छन् । 

सिंहले विजेन्द्र सिंह, मेरी कोम लगायतका विश्व च्याम्पियन बक्सर उत्पादन गर्न सफल भएका छन् ।

सिंहसँगै प्रशिक्षणमा नेपाली बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् ।


Author

थप समाचार
x