जोकोभिचले जिते कीर्तिमानी २३ औँ ग्रान्ड स्लाम
काठमाडौँ- टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३ औँ ग्रान्ड स्लाम जितेका छन् । सर्वियन खेलाडी जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २३ औँ ग्रान्ड स्लाम हात पारेका छन् ।
आइतबार राति भएको फाइनलमा जोकोभिचले नर्वेका कास्पर रुडलाई पराजित गर्दै तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् ।
३६ वर्षीय जोकोभिचले रुडलाई ७-६ (७-१), ६-३ र ७-५ को सेटमा पराजित गरेका हुन् । यससँगै जोकोभिचले सर्वाधिक धेरैपटक ग्रान्ड स्लाम जित्ने खेलाडीको रुपमा राफेल नाडाललाई पछि पारेका छन् । नाडालले २२ पटक ग्रान्ड स्लाम जितेका छन् ।
यता जोकोभिच विश्वभरीका चारवटै ग्रान्ड स्लाम कम्तिमा पनि तीन-तीन पटक जित्ने पहिलो पुरुष खेलाडी पनि बनेका छन् । उनले यसअघि सन् २०१६ र २०२१ मा पनि फ्रेन्च ओपनको उपाधि जितेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया