दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने
काठमाडौँ- नेपाल बुद्धिचाल महासंघको आयोजनामा दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ । महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा असार ४ गतेसम्म च्याम्पियनसिप आयोजना हुने जानकारी गराएको हो ।
च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ । च्याम्पियनसिपमा हरेक देशबाट एक-एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरि १०–१० जना खेलाडीको सहभागिता जनाउने छन् । राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरबीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए ।
च्याम्पियनसिप सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको उनले बताए ।
प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् भने महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया