एसियाली खेलकुदका लागि टेबलटेनिस छनोट पूरा
काठमाडौँ- चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडीको छनोट पूरा भएको छ ।
समान २–२ पुरुष/महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष/महिलामा समान ६–६ खेलाडी सहभागी थिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया