खेलकुद

फेरान टोरेस : युवा स्पेनिस खेलाडीको तीव्र उदय

इकागज |
मंसिर ५, २०७७ शुक्रबार ७:१२ बजे

फुटबलमा कोही खेलाडी स्टार भएपछि उसको विगतलाई खोतल्ने प्रयास गरिन्छ । त्यसका लागि सबैभन्दा पहिले ऊसँग विगतमा एउटै टीममा रहेकाहरूलाई सोधिन्छ । फलानो खेलाडीले त्यो बेला कस्तो खेल्थ्यो ? ‘ऊ युवा टीममा हुदाँदेखि नै प्रतिाभावान थियो’ धेरैजसो समय यस्तै उत्तर आउँछ ।

यसै सिजन म्यानचेस्टर सिटी आइपुगेका फेरान टोरेसका पूर्व सहकर्मीहरुलाई पनि यस्तै प्रश्न सोझ्याइयो । तर उत्तर फरक खालको आयो । टोरेससँगै भ्यालेन्सियाको युवा टोलीमा खेलेका एकजनाले भने, ‘मलाई उसले सम्झनयोग्य खेल खेलेको याद छैन,’ टोरेसले कुनै खेलमा पनि प्रभावशाली प्रर्दशन गरेनन त ?


‘अह, हामीसँग हुँदा उनले त्यति राम्रो खेलेका होइनन्,’ टोरेसले स्पेनीस फूटबलको तेस्रो श्रेणीमा डेब्यु गर्दा उनको साथमा खेलेका ती खेलाडीले हाँस्दै भने । ‘तर उनी मिलनसार थिए । अभ्यासमा सधै मेहेनत गर्थे । उनी धेरै समय हामीसँग रहेनन् । त्यसकारण उनको बारेमा म धेरै कुरा भन्न सक्दिन ।’

टोरेसले युवा टीममा हुँदा जेजस्तो खेले पनि उनी सिनियर टीममा बढुवा हुन धेरै समय लगाएनन् । डेभिड सिल्भा, र्जोडी अल्बा, इस्को जस्ता खेलाडीहरु उत्पादन गरेको भ्यालेन्सियाको एकेडेमीले फेरि अर्को प्रतिभालाई जन्म दिएको ठानियो । त्यसकारण, भ्यालेन्सियामा टोरेसको विकासमा पर्याप्त ध्यान दिइयो ।

स्पेनका धेरै क्लबहरू प्रतिभाशाली खेलाडी उत्पादनमा माहिर मानिन्छन् । भ्यालेन्सिया त्यसमध्येको एक हो । अन्तराष्ट्रिय फूटबलमा विभिन्न सर्वेक्षण गर्ने सीआईइएसका अनुसार युरोपका पाँच ठूला लिगहरू खेल्ने चार क्लबले मात्र भ्यालेन्सियाको भन्दा धेरै व्यावसायिक खेलाडीहरु उत्पादन गरेका छन् । (इंग्लिस प्रिमियर लिग, स्पेनिस ला–लिगा, जर्मन बुन्डेस लिगा, इटलियन सिरी ए र फ्रेन्च लिग वानलाई युरोपका पाँच ठूला लिग मानिन्छ )

हो, युरोपका कयौं क्लबहरु राम्रा खेलाडी उत्पादन गर्ने अनि ठूलो रकममा बेच्ने गर्छन् । त्यो मामलामा भ्यालेन्सिया फरक छैन । राम्रा खेलाडी उत्पादन गर्नु भ्यालेन्सियाको परम्परा हो । अनि त्यही परम्पराले क्लबलाई सरुवा बजारमा ठूलो फाइदा पनि गराउँदै आएकै छ । गत ‘समर विन्डो’ मा मात्रै पाँच खेलाडीले भ्यालेीनसया छाडे । तर उनीहरुलाई प्रतिस्थापन गर्न क्लबले एउटै खेलाडी पनि खरिद गरेन ।

प्रतिक्रियास्वरुप क्लबका प्रशिक्षक जाभी गार्सियाले राजिनामा दिने धम्की दिए । भ्यालेन्सियाले खर्च कटौतीको नाममा स्थापित खेलाडीहरु बेच्ने, बाँकी खेलाडीहरुको तलब कटौती गर्ने र युवा अनुहारहरुलाई मौका दिने नीति बनायो । त्यसकै नतिजास्वरुप, यो सिजन भ्यालेन्सियाले एक खेलमा ६ जनासम्म एकेडेमी उत्पादनलाई मौका दिएको छ ।

हो, युरोपका कयौं क्लबहरु राम्रा खेलाडी उत्पादन गर्ने अनि ठूलो रकममा बेच्ने गर्छन् । त्यो मामलामा भ्यालेन्सिया फरक छैन । राम्रा खेलाडी उत्पादन गर्नु भ्यालेन्सियाको परम्परा हो । अनि त्यही परम्पराले क्लबलाई सरुवा बजारमा ठूलो फाइदा पनि गराउँदै आएकै छ ।

टोरेसलाई सिटी जान दिएबापत भ्यालेन्सियाले दुई करोड ५० लाख  युरो प्राप्त गर्‍यो । २० वर्षीय विङ्गरले सिटीमा पहिलो रोजाईको बनेर खेल्ने मौका पाइसकेका छैनन् । उनी प्रिमियर लिगको आठ खेलमध्ये तीनमा मात्रै सिटीको पहिलो एघारमा परेका छन् । च्याम्पियन्स लिगका लागि भने उनलाई प्रशिक्षक पेप गर्डीओलाले विश्वास गरेको देखिएको छ । त्यस प्रतियोगितामा उनले तीन खेलमा तीन गोल गरेका छन् ।

टोरेसको उपस्थितिले सिटीलाई पक्कै बलियो बनाएको छ । तर उनको अनुपस्थितिले भ्यालेन्सियालाई फरक परेको छ त ? उत्तरमा, भ्यालेन्सिया एकेडेमीका निर्देशक सिन बाई भन्छन्, ‘हामी टोरेसबिनाको भ्यालेन्सियाका लागि तयार नै थियौं । जोसुकै खेलाडीले क्लब छाड्दा पनि हामीले उसको स्थानमा अर्को खेलाडीलाई तयार गर्नैपर्छ,’  भ्यालेन्सियाले टोरेसको ठाउँमा १७ वर्षीय युनुस मुसालाई एकेडेमीबाट सिनियर टीममा बढुवा गरेको छ ।

भ्यालेन्सियाले टोरेसले क्लब छाड्नुलाई सहज रुपमा लिए पनि खेलाडी आफैचाहिं दुःखी छन् । एक अन्र्तवार्तामा टोरेसले भ्यालेन्सिया छाड्नुपर्दा आफू खुसी नभएको बताएका थिए । तर टोरेसले भ्यालेन्सिया छाडेर सिटी जानु उनको करियरको ठूलो फड्को हो । त्यसो त ६ वर्षको उमेरमा भ्यालेन्सिया पुगेका टोरेसले कुनै दिन आफूले माया गरेको क्लबसँग बिदा माग्नु नै थियो ।

भ्यालेन्सियाको अण्डर-१९ टीमका प्रशिक्षक पाको कुएन्का टोरेसलाई असाधारण खेलाडीका रुपमा याद गर्छन् । ‘उनी जोसुकै खेलाडीलाई पनि वान भर्सेस वानमा माथ खुवाउन तयार हुन्थे,’ एकेडेमीमा टोरेसको विकासलाई नजिकबाट नियालेका कुएन्का भन्छन् । टोरेसले अण्डर–१७ को टोलीबाट खेल्दै स्पेनको राष्ट्रिय जर्सी लगाउन सुरु गरे । त्यसबेला स्पेनको युवा टीमको प्रशिक्षक रहेका सान्टी डेनिया टोरेसलाई उच्चस्तरको कौशल भएको खेलाडी मान्छन् ।

त्यस्तै भ्यालेन्सियाका एकेडेमी स्काउट जोसे गीमीनेज आफूले टोरेस, भ्यालेन्सियाको युवा टीममा छदै कुनै दिन सिनियर टीममा पर्ने अनुमान गरिसकेको बताउँछन् । वास्तवमा, सबैले टोरेस भ्यालेन्सियाको सिनियर टीममा पर्नेछन् भनेर अनुमान गरिसकेका थिए । भ्यालेन्सियाको एकेडेमीको खेलहरुलाई नजिकबाट नियाल्नेका लागि त्यस्तो अनुमान गर्न गाह्रो थिएन ।

भ्यालेन्सियाको एकेडेमीको टीमलाई भ्यालेन्सिया मेस्टाया भनिन्छ । जसले स्पेनको तेस्रो श्रेणी खेल्छ । टोरेसले मेस्टायाका लागि जम्माजम्मी १२ खेल्नेबित्तिकै सिनियर टीममा बढुवा भए । सन् २०१७ को नोभेम्बरमा उनले कोपा डेल रेबाट सिनियर टीमका लगि डेब्यु गरेका थिए । त्यसको एक महिनापछि टोरेसलाई लिगमा पनि मौका दिइयो । टोरेसले भ्यालेन्सियामा सबैभन्दा कम उमेरमा ५० औं लिग खेल्ने खेलाडीको कीर्तिमान राखे । उनलाई भ्यालेन्सियाले सन् २०१८ मा मात्रै सिनियर खेलाडीले पाउने करार दियो ।

वास्तवमा, सबैले टोरेस भ्यालेन्सियाको सिनियर टीममा पर्नेछन् भनेर अनुमान गरिसकेका थिए । भ्यालेन्सियाको एकेडेमीको खेलहरुलाई नजिकबाट नियाल्नेका लागि त्यस्तो अनुमान गर्न गाह्रो थिएन ।

अण्डर-१७ विश्वकप खेल्न भारत पुगेका बेला टोरेसलाई भ्यालेन्सियाले सिनियर खेलाडीको दर्जा दिने निर्णय गरेको थियो । टोरेस, भारतमा जारी उमेरसमूहको विश्वकपमा स्पेनको प्रतिनिधित्व गरिरहँदा उनलाई रियल म्याड्रिडले अनुबन्धन गर्न चाहिरहेको खबर सार्वजानिक भएको थियो । त्यसकारण पनि भ्यालेन्सिया आत्तिएको हुनुपर्छ । जसका कारण, सानै उमेरमा टोरेसले सिनियर खेलाडीको करार पाए ।

टोरेसले र उनकी बहिनीले उस्तै ट्याटु खोपेका छन् गोलीगाँठामा । अंग्रेजीमा लेखिएको छ ‘म डुब्न चाहन्नँ’ । टोरेसको स्वभाव उनको ट्याटुमा खोपिएको नाराजस्तै छ । उनी दृढ छन् । व्यावसायिक फूटबलमा खेल्दा आइपर्ने सबै समस्याहरुसँग जुझ्न । तर सुरुवात सहज थिएन । उनी नाम बनाउदै थिए । त्यतिबेलै पहिलो अन्यौलताको सामना गर्नुपर्‍यो ।

सन् २०१९ मा अर्मेनियमा भएको अण्डर-१९ विश्वकपमा प्रभावशाली प्रर्दशन गरी घर फर्किएका टोरेसलाई सिटीले अनुबन्धन गर्ने प्रस्ताव राख्यो । उनी अन्योलमा थिए । तर भ्यालेन्सिया प्रस्ट थियो । भनेको जति रकम आउने भए भ्यालेन्सिया टोरेसलाई बेच्न तयार थियो । टोरेसका लागि सिटीको प्रस्ताव त्यतीबेला आयो जब भ्यालेन्सिया आफै समस्यामा थियो । प्रशिक्षक मार्सेलिनो बर्खास्तीमा परिसकेका थिए । उनको स्थानमा क्लबको युवा टीम हेरिरहेका अल्र्बट सेलाडेसलाई ल्याइएको थियो । जो धेरै समय टिकेनन् । त्यही बीचमा भ्यालेन्सियाले टोरेसलाई बेच्ने सूचना दिसकेको थियो ।

कुनै समय थियो, जब भ्यालेन्सिया आफ्ना युवा खेलाडीहरुले क्लब नछाडुन भन्ने अपेक्षा राख्थ्यो । झन् स्थानीय खेलाडीले त क्लब छाड्नु हँदैन भन्नेमा जोड दिइन्थ्यो । तर भ्यालेन्सिया सहरबाट १० माईल मात्र टाढा बस्ने टोरेसलाई बेचियो । जो सानै उमेर बाट क्लबका सर्मथक थिए । टोरेस आफूले क्लब छाड्ने मनसाय कहिले पनि नराखेको बताउँछन् । त्यसो त भ्यालेन्सियाले टोरेसले नै क्लब छाड्न खोजेको भन्ने सन्देश सर्मथकहरुमा पुर्‍याउने कोसिस गर्‍यो । त्यसमा पनि टोरेस दुख ब्यक्त गर्छन् ।

सन् २०१९ मा अर्मेनियमा भएको अण्डर-१९ विश्वकपमा प्रभावशाली प्रर्दशन गरी घर फर्किएका टोरेसलाई सिटीले अनुबन्धन गर्ने प्रस्ताव राख्यो । उनी अन्योलमा थिए । तर भ्यालेन्सिया प्रस्ट थियो । भनेको जति रकम आउने भए भ्यालेन्सिया टोरेसलाई बेच्न तयार थियो । 

टोरेसले स्पेनिस अखबार मार्कासँगको अन्तर्वार्तामा गम्भीर दाबी पेश गरेका छन् । टोरेसले आफूलाई क्लब कप्तान डानी परेगोले सर्मथन नगरेकोदेखि क्लबले सर्मथकहरुका अगाडि भिलेन बनाएसम्मको आरोप लगाएका छन् । त्यसै अन्र्तवार्तामा उनले सिटीको प्रस्ताव आएपछि भ्यालेन्सियाले आफूलाई क्लब छाडोस् भन्ने खालको व्यवहार गरेको पनि आरोप लगाएका छन् ।

अन्ततः टोरेसले बिस वर्षको उमेरमा भ्यालेन्सिया छाडे । प्रिमियर लिग आईपुग्नुअघि उनले भ्यालेन्सियाका लागि ९७ खेल खेलेका थिए ।

टोरेस भ्यालेन्सियामा १४ वर्ष रहे । तर पनि उनको पूर्व सहकर्मीले ‘टोरेस धेरै समय हामीसँग रहेनन् ’ भन्ने भनाई राखे । टोरेस, इंगल्यान्ड आउनुअघि प्रिमियर लिग सर्मथकहरुका अगाडि परिचित नाम थिएन ।

तर गत मंगलबार स्पेनले जर्मनीलाई ६-० ले पराजित गर्दा तीन गोल गरेका उनी बेलायती प्रेसमा छाए । सिटीमा भ्यालेन्सियाकै पूर्व खेलाडी डेभिड सिल्भाको २१ नम्बर जर्सी रोजेका टोरेसले आउदाँ साताहरुमा कस्तो प्रर्दशन गर्लान् ? त्यो गर्डीओलाले उनलाई कसरी प्रयोग गर्छन् भन्नेमा भर पर्ला । तर भ्यालेन्सियामा युवा खेलाडीको परिचय बोकेका टोरेसलाई प्रिमियर लिगले परिपक्‍व बनाउनेमा चाहिं शंका छैन । (दि गार्डीयनबाट) 


Author

थप समाचार
x