नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौँ- कीर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । बिहीबार काठमाडौँमा नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोलीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायत संघका पदाधिकारीले बिदाइ गरेका थिए । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालसँगै आयोजक कीर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।
बिदाइ कार्यक्रममा राष्ट्रिय पुरुष भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले उत्साहका रूपमा प्रतियोगितामा भाग लिने भन्दै यसले एसियाली खेलकुदको तयारी समेत हुने बताए । उनले विगतमा खेलेको टिम भन्दा बलियो टिमसँग खेल्ने भन्दै सिक्ने अवसर प्राप्त हुने जिकिर गरे ।
त्यस्तै पुरुष भलिबलका कप्तान हरिहजुर थापाले अहिलेको प्रतियोगितामा मजबुत टिम रहेकाले चुनौती रहे पनि चुनौतीसंँग लडेरै आउने बताए ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया