पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई हरायो
फाइल फोटो
काठमाडौँ - माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको थियो ।
नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।
रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया