फाइभ के रनः मुकेश र राममायालाई स्वर्ण
काठमाडौँ- त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पाल र नेपाल पुलिस क्लबकी राममाया बुढाले ‘युथ ओपन फाइभ के रन’ को उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न भएको रनमा मुकेशले पुरुषतर्फ स्वर्ण जितेका हुन् । मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारे ।
आर्मीकै श्रीकाश राईले १६ मिनेट ०८.६ सेकेण्ड तथा शुशीलकुमार शाही १६ मिनेट ०९.७ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै क्रमश रजत र कास्य जिते ।
नागेश्वर अहिर चौँथो, सन्जिब नेपाली पाँचौ, राजेन्द्र तामाङ छैटौ, शिव रायमाझी सातौ, मिङमार सिंह तामाङ आठौ, सन्दीप ढकाल नवौ र अक्कल पाल दशौ भए ।
महिलातर्फ राममायाले १८ मिनेट ५३.२७ सेकेण्डमा स्वर्ण हात पारे । आर्मीकी पुर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ५५.५० सेकेण्डमा रजत तथा एपीएफकी आशा रावतले १९ मिनेट ३९.३२ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै कास्य जिते ।
सुमित्रा चौधरी चौँथो, सुजना पाण्डे पाँचौ,अश्मिता भुजेल छैटौ, सुशन कार्की सातौ, सोनु घतानी आठौ, बबिता राई नवौ र विमला तामाङ दशौ स्थानमा रहे ।
महिला र पुरुष दुबैतर्फका विजेताले ट्रफी, पदकसहित जनही २० हजार रुपैयाँ तथा दोस्रो हुनेले १० हजार र तेस्रोले ५ हजार पाए । चौँथो र पाँचौले समान दुई हजार तथा छैटौ देखि दशौ स्थान हात पार्नेले जनही एक हजार रुपैयाँ प्राप्त गरे ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा भएको दौड दशरथ रंगशालाबाट सुरु भएर सुन्धारा, वीर अस्पताल हुँदै केशलमहल, नारायणहिटी संग्राहलयको दक्षिण गेट हुँदै घण्टाघर, भृकुटीमण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा हुँदै दशरथ रंगशालामा आएर सकिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया