खेलकुद

ग्राण्ड मास्टर सयन्तनसँग रुपेशले गरे बराबरी, नुबैर र साक्षीको अग्रता कायमै

इकागज |
असार २, २०८० शनिबार १७:२४ बजे

काठमाडौँ- नेपाल च्याम्पियन २१४६ फिडे मास्टर  रुपेश जैसवालले भारतीय २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दासलाई सातौं चरणको खेलमा बराबरीमा रोक्न सफल भए । यो बराबरीसँगै दासको उपाधि जित्ने यात्रमा ठूलो धक्का लागेको छ ।

रुपेशले तेस्रो चरणको खेलमा पनि सातौं चरणसम्म अग्रता लिइरहेका २४१५ रेटेड नुबैर शााह मोहम्मदलाई बराबरीमा रोकेका थिए । रुपेशले छैटौं चरणको खेलमा पुरुषोत्तम सिलवाललाई हराएका थिए ।


त्यस्तै १४ वर्षका १८३४ रेटेट खेलाडी  पुरुषोत्तम सिलवालले बंगलादेशका २२१२ रेटेड फिडे मास्टर हसन पराग मेहन्दीलाई पराजित गरी सनसनी पूर्ण नतिजा निकाले ।

क्षितिजले सातौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन २०३२ सुरवीर लामा माथि  खेलको ५८ औं जीत हात पारे भने छैटौं चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाए पन्छाएका थिए ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा संचालन भइरहेको साउथ एशियन चेस च्याम्पियनसिपमा छैटौं र सातौं चरणको खेल सम्पन्न हुदा खुल्लातर्फ प्रतियोगिता अवधिमा उत्कृष्ट प्रदर्शन गरिरहेका भारतका  २४१५ रेटेड इन्टरनेशनल  मास्टर  नुबैर शाह मोहम्मद  साढे छ अंकसहित शीर्ष स्थानमा नै रहेका छन् । उनले छैटौं चरणको खेलमा बंगलादेशका हसन पराग मेहन्दीलाई खेलको ४१ औं चालमा निरास पारे भने सातौं चरणको खेलमा बंगलादेश कै अब्दुल मोहम्मद मलेक माथि २९ औ चालमा सफलता हात पारे ।

त्यस्तै २५०८ रेटेड ग्राण्ड  मास्टर सयन्तन दास साढे ५ अंक लिई दोस्रो स्थान ओगटेका छन् । उनले छैटौं चरणको खेलमा पाकिस्तानका अमिर करिमलाई हराएका थिए ।

 पाकिस्तानी खेलाडी २०४६ रेटेड अमिरले सातौंं चरणको खेलमा डिक्चेन दोर्जीलाई हराउँदै ५ अंक जोडेर तेस्रो  स्थानमा रहेको छ भने सुरवीर लामाको साढे २ रहेको छ ।

महिलातर्फ चौथो र  पाँचौँ चरणको खेल सम्पन्न हुँदा  भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्दले  ५ अंकसहित  शीर्ष स्थान नै रहेका छन् । 
उनले पाँचौँ चरणको खेलमा नेपालका सुशीला गुरुङलाई हराइन् भने चौथो चरणमा मालदिप्सकी नुहा रिवानबाट वाक ओोभर पाएका थिए ।

बंगलादेशका  १९१३ रेटेड वदिफा अहमद ४ लिई दोस्रो स्थानमा छन् । उनले चौथो  खेलमा सुशीला गुरुङलाई पराजित गरिन् भने पाँचौँ चरणमाको खेलमा शान्ति धिमाल माथि बाजि मारे ।

ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा जारी प्रतियोगितामा नेपालका १७५३ रेटेड फिडे मास्टर सुजना लोहनी र  बंगलादेशका १८५२ रेटेड जन्नतउल फेरडोस  साढे ३ अंक जोडी संयुक्त रूपमा तेस्रो स्थानमा रहेकी छिन्  ।

चौथो चरणको खेलमा जन्नतउलसंग बराबरी खेलेका सुजनाले पाँचौँ चरणको खेलमा नहा रिजवानसंग वाक ओभर पाए भने जन्नतउलले पाँचौँ चरणको खेलमा रिया श्रेष्ठलाई पन्छाइन् ।

आइतबार सम्पन्न  हुने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद , ललितपुरका स्थानीय निकायहरू ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, कोन्जोसम गाउँपालिका, बागमती गाउँ पालिका, महाँकाल गाउँपालिका र ललितपुर जिल्ला समन्वय समितिले सहयोग गरेका छन् ।


Author

थप समाचार
x