खेलकुद

नेपालले पहिलोपटक टेस्ट टाेलीसँग खेल्दै, आज जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्ने

इकागज |
असार ३, २०८० आइतबार ७:३ बजे

काठमाडौं । नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ । ​हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बाब्वेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आइतबार अपरान्ह १२ः ४५ बजेबाट सुरु हुनेछ । 


नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाब्वेलाई स्तब्ध पार्ने उदेश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाब्वेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ । पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोलीलाई मनोवैज्ञानिक रुपमा कमजोर अनुभूति भए पनि नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको छ । 

साे खेलबारे नेपाल क्रिकेट स‌ंघले भनेकाे छ, 'राइनोज (नेपाल) ले आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आईसीसी विश्वकप छनोटका लागि तयार भएका छन् ।'


Author

थप समाचार
x