खेलकुद

‘कहिलेकाहीँ लाग्छ यूएस ओपन नजितेकै भए राम्रो हुन्थ्यो’

इकागज |
असार ४, २०८० सोमबार १४:४३ बजे

काठमाडौँ- बेलायती टेनिस खेलाडी इमा राडुकानुले आफूले यूएस ओपन टेनिसको उपाधि जितेपछि आफूमाथि निकै दबाब आएको बताएकी छन् । यूएस ओपन (ग्रान्ड स्लाम) उपाधि जितेपछि तत्कालको सफलता र प्रसिद्धिका कारण आफूमाथि निकै दबाव आएको राडुकानुले बताएकी रोयटर्सले जनाएको छ ।

‘कहिलेकाहीँ लाग्छ यूएस ओपनको उपाधि नजितेको भए राम्रो हुनेथ्यो,’ राडुकानुले बताइन् । सन् २०२१ मा १८ वर्षकै उमेरमा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन् । राडुकानुले सन् २०२१ को यूएस ओपनको उपाधि जित्दा लगातार ७ खेलमा जिते हात पारेकी थिइन् ।


तर, त्यसपछि पटक-पटक घाइते भएका कारण उनले सो प्रदर्शनलाई कायम राख्न सकिनन् ।

‘जतिबेला म कोर्टमा रमाइरहेको थिए, मलाई लाग्थ्यो संसारको जुनसुकै संघर्षलाई पार गर्न सक्छु,’ राडुकानुले बताइन् ।

‘त्यस बेलादेखि मैले एकपछि अर्को धेरै अप्ठ्याराहरू भोगेको छु । म लचिलो छु, मेरो सहनशीलता उच्च छ, तर यो सजिलो छैन । र, कहिलेकाहीँ म सोच्छु कि मैले कहिल्यै पनि यूएस ओपन नजितेको भए हुन्थ्यो,’ उनले थपिन् ।


Author

थप समाचार
x