खेलकुद

विश्वकप छनोटमा वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल, करणले दिलाए पहिलो विकेट

इकागज |
असार ७, २०८० बिहीबार १२:५५ बजे

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा वेष्ट इन्डिजविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।  
नेपालको लागि करण केसीले दोस्रो ओभरमै विकेट लिएका हुन् ।

करणकाे बलिङमा कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे ।


जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गरेकाे हाे ।

हरारे स्पोर्ट्स क्लबमा टस जितेर नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो । समूह ‘ए’ मा रहेका नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । वेष्ट इन्डिजले खेलेको एकमात्र खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । सुपर सिक्सको सम्भावना बलियो पार्न आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् ।

नेपालले आज पहिलो पटक एक दिवसीय विश्वकप क्रिकेट बिजेतासँग क्रिकेट खेल्दैछ । खेल हिले जारी छ ।


Author

थप समाचार
x