फेवातालमा शुक्रबारदेखि हुने नेपाल–चाइना ड्रागन वाेट रेस फेस्टिभलको तयारी पूरा
पोखरा- फेवातालमा शुक्रबारदेखि हुने नेपाल–चाइना ड्रागन वाेट रेस फेस्टिभलको तयारी पूरा भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
असार ८ र ९ गते हुने प्रतियोगितामा चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिम सहभागी हुने भएका छन् ।
यो फेस्टिभल दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको हो । सातै प्रदेशबाट र चीनबाट गरी १६० जना प्रतियोगीहरू सहभागी हुनेछन् ।
प्रतियोगितामा सिचुवान डाइगन वाेट टिम, युवान ड्रागन वाेट टिम, एसजी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फ्रेण्डसीप ड्रागन वाेट टिम पोखरा, नारा ड्रागन वाेट टिम नेपाल, एनआरसिए वाेट टिम नेपाल, फेवा लेक ड्रागन वाेट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन वाेट टिमले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो दिन २ सय मिटर र दोस्रो दिन ५ सय मिटर गरी ८ वटा वोट रेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा प्रयोग गरिने वोट चीनबाट ल्याइएको हो । प्रतियोगिताका लागि चाहिने सामग्री पनि चीनबाट ल्याइएको थियो । उक्त सामग्री केरूङ नाका हुँदै भित्र्याइएको थियो ।
बुधबार चीनको लिङजी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट आएका छन् ।
नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त आयोजना गर्न लागिएको हो ।
गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया