कतारी सार्वभौम कोषले अमेरिकाको एनबीए, एनएचएल र डब्ल्यूएनबीएको सेयर खरिद गर्दै
काठमाडौँ- कतारी सार्वभौम कोषले अमेरिकाको नेसनल बास्केटबल एसोसियसन (एनबीए), वुमन्स नेसनल बास्केटबल एसोसियसन (डब्ल्यूएनबीए) र नेसनल हक्की लिग (एनएचएल) को सेयर खरिद गर्ने भएको छ ।
ब्लुमबर्ग न्यूज र एसोसियट प्रेसलाई उदृत गर्दै अल-जजिराले जनाएअनुसार कतार इन्भेस्टमेन्ट अथोरिटीले एनबीए, डब्ल्यूएनबीए र एनएचएलमा करिब ५ प्रतिशत सेयर खरिद गर्न लागेको हो ।
कतार इन्भेस्टमेन्ट अथोरिटीले एनबीएको वासिङ्टन विजार्ड्स, डब्ल्यूएनबीएको वासिङ्टन मिस्टिक्स र एनएचएलको वासिङ्टन क्यापिटल्सको सेयर खरिद गर्न लागेको हो ।
कतार इन्भेस्टमेन्ट अथोरिटी र अमेरिकाको मोनुमेन्टल स्पोर्ट्स एन्ड एन्टरटेनमेन्टबीच ४ बिलियन अमेरिकी डलरमा सेयर खरिद-बिक्रीका लागि सम्झौता भएको समाचारमा उल्लेख छ ।
तर यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भएको छैन ।
कतार सरकारले अमेरिकाको व्यावसायिक खेलकुदमा पहिलो पटक लगानी गर्न लागेको स्पोर्टिकोले जनाएको छ ।
कतार सरकारअन्तर्गतको कतार स्पोर्ट्स इन्भेस्टमेन्ट्सको सन् २०११ देखि नै फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेनको बहुमत सेयर रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया