खेलकुद

जब शटपुट खेलाडीले टिमका लागि १०० मिटर हर्डल्समा दौडिइन्….

इकागज |
असार ११, २०८० सोमबार ११:५९ बजे

काठमाडौँ- आफ्नो टिमलाई ‘डिसक्वालिफाइ’ हुनबाट जोगाउन बेल्जियमी शटपुट खेलाडीले १०० मिटर हर्डल्स दौडमा भाग लिएकी छन् । युरोपियन च्याम्पियनसीपअन्तर्गत बेल्जियमकी शटपुट खेलाडी जोलियन बौमक्वोले महिलाको १०० मिटर हर्डल्समा दौडिएकी हुन् ।

रोयटर्सले जनाएअनुसार बेल्जियम टिममा रहेका हर्डल्सका दुवै खेलाडी घाइते भएका कारण उक्त दौडमा दौडिने कुनै खेलाडी थिएनन् । जसका कारण बेल्जियमको टिम डिसक्वालिफाइ हुने अवस्था आएको थियो ।


पोल्यान्डमा भएको हर्डल्सतर्फ जोलियनले अन्तिम स्थान हात पारे पनि युरोपियन च्याम्पियनसीपको डिभिजन-१ का लागि उनले टिमलाई महत्वपूर्ण २ अंक दिलाइन् ।


Author

थप समाचार
x