खेलकुद

चेल्सीले लेस्टरलाई हरायो, शीर्ष चारमा पर्ने सम्भावना बलियो

इकागज |
जेठ ५, २०७८ बुधबार ८:२६ बजे

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । मंगलबार राती भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१ गोलले हराएको हो । चेल्सीलाई जिताउन एन्टोनियो रोडीगर र जोर्गिन्होले गोल गरे । लेस्टरका लागि इहिनाचोले एक गोल फर्काए । 

जितसँगै चेल्सीले एफए कप फुटबलको फाइनलमा लेस्टरसँग हारको बदला लिएको छ । गएको हप्ता मात्रै लेस्टरले चेल्सीलाई हराउँदै पहिलोपटक एफए कपको उपाधि उचालेको थियो । 


प्रिमियर लिगको जितसँगै चेल्सीको शीर्ष चारमा पर्ने सम्भावना बलियो भएको छ । ३७ खेलबाट ६७ अंक बनाएको चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । हार व्यहोरेको लेस्टर ६६ अंकसहित चौथो स्थानमा छ । अब अन्तिम खेलमा जित निकाले चेल्सी स्वतः अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउनेछ । 

मंगलबार राती नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड र फुलहमले एक एक गोलको बराबरी खेलेका छन् ।


Author

थप समाचार
x