बंगलादेशका एकदिवसीय कप्तान इकबालले लिए सन्यास
काठमाडौँ- बंगलादेशका एकदिवसीय कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि इकबालले बिहीबार चट्टोग्राममा पत्रकार सम्मेलन गरी सन्यास लिएको घोषणा गरे ।
इकबालले पत्रकार सम्मेलनमा भने, 'मेरो लागि यो अन्त्य हो । मैले आफ्नो उत्कृष्टता दिएको छु । मैले सक्दो प्रयास गरेको छु । म यही क्षणबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदैछु ।' उनले भने, 'म मेरा सबै टोलीका साथीहरू, प्रशिक्षकहरू, बीसीबीका अधिकारीहरू, मेरो परिवारका सदस्यहरू र मेरो लामो यात्रामा साथ दिनुहुनेहरूलाई धन्यवाद दिन चाहन्छु । उनीहरूले ममाथि विश्वास राखेका थिए ।'
इकबालले १६ वर्षको अन्तर्राष्ट्रिय करियरको अचानक अन्त्य भएको छ । इकबालले सन् २००७ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । उनले ७० टेस्ट, २४१ एकदिवसीय र ७८ टी-ट्वान्टी मा बंगलादेश को प्रतिनिधित्व गरेका छन् । बायाँ हाते ओपनरले अन्तर्राष्ट्रिय क्रिकेटमा २५ शतक र ९४ अर्धशतकसहित १५,००० भन्दा बढी रन हिर्काएका छन् ।
३४ वर्षीय ब्याट्सम्यानले ५० ओभरको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडीको रूपमा आफ्नो करियरको अन्त्य गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया