रुस र बेलारुसका खेलाडीले पनि एसियन गेम्स खेल्ने
काठमाडौँ- रुस र बेलारुसका खेलाडीले पनि चीनमा आयोजना हुने १९ औँ एसियन गेम्समा सहभागिता जनाउने भएका छन् ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले शनिबार रुस तथा बेलारुसका खेलाडीलाई एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको हो ।
तर रुस र बेलारुसका खेलाडीले तटस्थ खेलाडीको रुपमा एसियन गेम्समा सहभागिता जनाउने भएका छन् ।
ओसीएले जनाएअनुसार रुस र बेलारुसका करिब ५ सय खेलाडीलाई एसियन गेम्समा सहभागिताका लागि अनुमति दिइनेछ ।
चीनले सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म एसियन गेम्स आयोजना गर्दैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया