जब आर्मीका खेलाडीले दर्शक कुटे….
काठमाडौँ- त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिगका क्रममा त्रिभुवन आर्मी क्लबका एक खेलाडीले दर्शक कुटेका छन् ।
सोमबार गण्डकी प्रदेश र आर्मीको पुरुष टिमबीच खेल भइरहँदा आर्मीका खेलाडीले दर्शकमाथि मुक्का प्रहार गरेका हुन् ।
आर्मीले सुरुवाती दुई सेट जितेर तेस्रो सेटको खेल चलिरहँदा गण्डकी २४-२३ ले अगाडि रहेको थियो । तर सोही क्रममा एक प्रहारलाई लिएर गण्डकीका खेलाडी र प्रशिक्षकले रेफ्रीको निर्णयमाथि प्रश्न तेर्स्याइरहँदा एक दर्शकले आर्मीका खेलाडीमाथि बोतल प्रहार गरेका थिए ।
त्यसपछि भने विवाद चर्कदै गएपछि आर्मीका खेलाडीहरु आक्रोशित बनेका थिए । सोही क्रममा आर्मीका मुख्य स्पाइकर धनबहादुर भट्टले एक समर्थकमाथि मुक्का प्रहार गरे ।
अवस्थालाई नियन्त्रमा लिन प्रहरीलाई पनि हम्मे-हम्मे परेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया