खेलकुद

बर्नलीलाई हराउँदै लिभरपुल चौथो स्थानमा

इकागज |
जेठ ६, २०७८ बिहीबार ६:० बजे

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ । बुधबार राती भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-० गोलले हराएको हो । लिभरपुललाई जिताउन रोबर्टो फिर्मिन्हो, नाट फिलिप्स्, अलेक्स अक्स्ले चेम्बरलेनले गोल गरे ।

जितसँगै लिभरपुल ३७ खेलबाट ६६ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । समान अंक भएपनि लेस्टर सिटी गोल अन्तरका आधारमा पाँचौ स्थानमा छ । 


६७ अंक जोडेको चेल्सी भने तेस्रो स्थानमा छ । हार व्यहोरेको बर्नली भने रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । अब अन्तिम खेलमा जित निकाले लिभरपुल अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछ । 


Author

थप समाचार
x