खेलकुद

विम्बल्डनको सेमिफाइनलमा पुगेपछि एलिनाले भनिन्: युद्धले बलियो बनायो

इकागज |
असार २७, २०८० बुधबार १२:११ बजे

काठमाडौँ- इंग्ल्यान्डमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेपछि युक्रेनकी महिला खेलाडी एलिना भिटोलिनाले युद्धले आफूलाई बलियो बनाएको प्रतिक्रिया दिएकी छन् ।

अक्टोबरमा बच्चाको जन्म दिएर तीन महिना अगाडिमात्रै कोर्टमा फर्किएकी एलिनाले विश्व नम्बर एक इगा स्वाटेकलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।


इंग्ल्यान्डमा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा एलिनाले पोल्यान्डकी इगालाई ७-५, ६-७ (५-७) र ६-२ को सेटमा पराजित गरेकी हुन् ।

खेल जितेपछि एलिनाले युक्रेनमा रुसले जारी राखेको युद्धका कारण आफूलाई मानसिक रुपले बलियो बनाएको बताएकी बीबीसीले उल्लेख गरेको छ ।

उनले युद्धका कारण बदलिएको परिस्थितिमा पनि युक्रेनी जनताको मुहारमा खुसी छर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् ।


Author

थप समाचार
x