खेलकुद

आर्सनल र एभरटन जित्दा टोटनहम पराजित

इकागज |
जेठ ६, २०७८ बिहीबार ६:२४ बजे

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनल, एभरटन र न्युक्यासल विजयी भएका छन् । बुधबार राती भएका खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३-१ गोलले हरायो । उसका लागि निकोलस पेपेले दुई गोल गर्दा गाब्रियल मार्टिनेलीले एक गोल थपे । 

यस्तै एभरटनले वुल्भ्सलाई १-० गोलले हरायो । एभरटनलाई जिताउन रिचार्लिसनले गरेको गोल निर्णायक बन्यो । यस्तै क्युक्यासलले साउथह्याम्पटनलाई १-० गोलले नै हरायो । तर बलियो टोली मानिएको टोटनहम एस्टन भिल्लासँग २-१ गोलले पराजित भयो ।


एस्टन भिल्लाका लागि ओली वाट्किन्सले गोल गरे । एक गोल भने उसले टोटनहमबाट उपहार पाएको थियो । टोटनहमका स्टिफन बर्गवाइनले सुरुवाती गोल गरे । हारपछि पनि टोटनहम ३७ खेलबाट ५९ अंकसहित लिगको सातौ स्थानमा छ । समान अंकका साथ एभरटन आठौँ स्थानमा छ ।

५८ अंक जोडेको आर्सनल भने नवौँ स्थानमा छ ।


 


Author

थप समाचार
x