विम्बल्डनः साविक विजेता नोभाकले उपाधिका लागि कार्लोसको सामना गर्ने
काठमाडौँ- विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा साविक विजेता नोभाक जोकोभिचले कार्लोस अल्भारेजको सामना गर्ने भएका छन् ।
लगातार पाचौँ पटक फाइनलमा प्रवेश गरेका जोकोभिचले सेमिफाइनलमा इटालीका जानिक सिनरमाथि जित हात पारेका हुन् ।
दोस्रो वरीयताका सर्वियन खेलाडी जोकोभिचले आठौ वरीयताका सिनरलाई ६-३, ६-४ र ७-६ (७-४) को सेटमा पराजित गरे ।
जोकोभिच आठौं पटक विम्बल्डन तथा २४ औँ ग्रान्ड स्लाम उपाधि हात पार्न केवल एक जित टाढा रहेका छन् । उनी कीर्तिमान ३५ औँ पटक ग्रान्ड स्लामको फाइनल खेल्ने भएका हुन् ।
अर्कोतर्फ शीर्ष वरीयता स्पेनिस खेलाडी अल्कारेजले तेस्रो वरीयताका रुसी खेलाडी डानियल मेदभेदेभलाई ६-३, ६-३ र ६-३ ले पराजित गर्दै फाइनल प्रवेश गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया