अल्कारेज भन्छन्: जोकोभिचलाई पराजित गर्नु जीवनकै सबैभन्दा ठूलो खुसीको क्षण
काठमाडौँ- पहिलोपटक विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जितेका कार्लोस अल्कारेजले नोभाक जोकोभिचलाई पराजित गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो खुसीको क्षण भएको बताएका छन् ।
आइतबार राति सम्पन्न फाइनलमा सातपटकका च्याम्पियन नोभाक जोकोभिचलाई पराजित गर्दै २० वर्षीय अल्कारेजले पहिलोपटक विम्बल्डनको उपाधि जितेका हुन् ।
स्पेनिस खेलाडी अल्कारेजले जोकोभिचलाई १-६, ७-६(८-६), ६-१, ३-६ र ६-४ को सेटमा पराजित गरे ।
यससँगै ८ पटक विम्बल्डन तथा समग्रमा २४ औँ ग्रान्ड स्लाम जित्ने सर्वियन खेलाडी जोकोभिचको सपना पूरा हुन सकेन ।
‘नोभाकलाई पराजित गर्नु र विम्बल्डन जित्नु भनेको मैले टेनिस खेल्न सुरु गरे देखिकै देखेको सपना हो,’ अल्कारेजले भने ।
‘यो मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो,’ उनले थपे ।
अल्कारेजले आफ्नो पहिलो ग्रान्ड स्लामको रुपमा गत वर्ष यूएस ओपन जितेका थिए । त्यससँगै उनी विश्व नम्बर एक टेनिस खेलाडी बन्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान कायम गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया