खेलकुद

स्पाइकर मानबहादुर भलिबलका नयाँ कप्तान, को–को भए अहिलेसम्म ?

इकागज |
साउन २, २०८० मंगलबार ८:३४ बजे

काठमाडाैं । नेपाली राष्ट्रिय भलिबल टिमका भरपर्दा स्पाइकर मानबहादुर श्रेष्ठ टोलीका नयाँ कप्तान चुनिएका छन् । स्पाइकर श्रेष्ठलाई नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

घरेलु लिगमा उनी त्रिभुवन आर्मीबाट प्रतिनिधित्व गर्छन् । उनी यसअघि राष्ट्रिय बीच भलिबलका कम्तानसमेत हुन् । उनको कम्तानीमा नेपालले सफलता हात पार्दै आएको छ । उनले यसअघि आर्मीकोसमेत कम्तानी गरेका थिए ।


हरिहजुर थापालाई हटाएपछि श्रेष्ठ नयाँ कम्तान चुनिएका हुन् । थापा गएको साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएका थिए । विवादपछि भलिबल संघले उनलाई कप्तानबाट पदमुक्त गर्ने निर्णय लिएको थियो । साे निर्णयपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तान चयन गरेको हो । नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।

कप्तान चुनिएपछि श्रेष्ठले आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताए । उनी नेपाली राष्ट्रिय भलिबल टोलीका ११ औं कप्तान हुन् ।

हालसम्मका भलिबलका कप्तानहरु 

१. ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)

२. दीपक सापकोटा २०३५ (आठौ एसियाली खेलकुद–थाइल्यान्ड)

३. महेन्द्रलाल श्रेष्ठ

४. राजेश मास्के

५. सुनिल चौधरी

६. विष्णु मास्के

७. भरत शाह (२०५२) (१९९९– ११औं साफ सम्म)

८. कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म)

९. इम बहादुर राना २०७२

१०. हरिहजुर थापा (२०८० जेठदेखि २०८० असार)

११. मान बहादुर श्रेष्ठ (२०८० साउनदेखि)


Author

थप समाचार
x