खेलकुद

२०२६ को कमनवेल्थ गेम्स नहुने सम्भावना बढ्यो

इकागज |
साउन २, २०८० मंगलबार १२:२ बजे

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा हुने तय भएको सन् २०२६ को कमनवेल्थ गेम्स समयमै नहुने सम्भावना बढेको छ ।

बजेट अभावका कारण भिक्टोरिया सरकारले सन् २०२६ काव कमनवेल्थ गेम्स आयोजना गर्न नसक्ने जनाएपछि प्रतियोगिता हुनेमा आशंका उत्पन्न भएको बीबीसीले जनाएको छ ।


सन् २०२२ मा भिक्टोरियाले कमनवेल्थ गेम्स आयोजना गर्ने सहमति जनाउनुअघि कमनवेल्थ गेम्स फेडेरेसन (सीजीएफ) ले आयोजक खोज्न निकै संघर्ष गर्नुपरेको थियो ।

तर भिक्टोरियाका प्रिमियर ड्यानिएल एन्ड्रयूजले प्रतियोगिताको लागत तीन गुणा बढेको भन्दै आयोजना गर्न नसकिने बताएका हुन् ।

भिक्टोरियाको गिलोङ, बेन्डिगो र बालाराटमा आयोजना हुने तय भएको कमनवेल्थ गेम्सको सुरुवाती लागत २.६ विलियन अस्ट्रेलियन डलर अनुमान गरिएको थियो ।

तर १२ दिने प्रतियोगिताको लागत ६ विलियन अस्ट्रेलियन डलर पुग्ने अनुमान गरिएको छ ।

प्रिमियर एन्ड्रयूजले लागतमात्र हुने तथा आम्दानी नहुने समेत बताए ।


Author

थप समाचार
x