विश्व एक्वाटिक्स च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली बुधबार जापान जाने
काठमाडौँ- जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक्स च्याम्पियनसीप २०२३ मा सहभागी हुने नेपाली पौडी टोलीको बिदाई गरिएको छ ।
ओलम्पिकको छनोट प्रतियोगिताका रूपमा समेत रहेको च्याम्पियनसीपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसीपअन्तर्गत २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने २४ मा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन् । २६ तारिख गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।
यसैबीच नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह रहेका छन् ।
अध्यक्ष अशोक बज्राचार्यले श्रावण ७ देखि १३ गते (जुलाई २३ देखि २९ तारिख २०२३) सम्म आयोजना हुने च्याम्पियनसीपका दौरान हुने वर्ल्ड एक्वाटिक कंग्रेसमा सहभागिता जनाउने छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपाली टोलीको बिदाई गरे । टोली बुधबार जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया