खेलकुद

म्यानचेस्टर सिटीका रुबेन डायस वर्ष खेलाडी घोषित

इकागज |
जेठ ६, २०७८ बिहिवार १७:२८ बजे

काठमाडौँ: इंगल्यान्डको फुटबल पत्रकार संघले वर्षेनी प्रदान गर्ने ‘एफडब्लुए वर्ष खेलाडी’ को अवार्डबाट म्यानचेस्टर सिटीका रक्षक रुबेन डायस सम्मानित भएका छन् । पोर्चुगलका डायसले वर्ष खेलाडीको दौडमा टोटनहमका ह्यारी केन र आफ्नै टिमका केभिन डे ब्रुएनालाई पछि पारे । 

यसै सिजन बेनफिकाबाट आएका डायसले सिटीलाई इंग्लिस प्रिमियर लिग च्याम्पियन बनाउन महत्पूर्ण भूमिका खेलेका छन् । इंग्लिस फुटबल पत्रकारका तर्फबाट वर्ष खेलाडी घोषित हुने क्रममा डायसले ५० प्रतिशत मत प्राप्त गरे । 


३२ वर्ष यता वर्ष खेलाडी घोषित हुने डायस पहिलो रक्षक हुन् । यसअघि सन् १९४८ मा लिभरपुलका रक्षक स्टिभ निकोल वर्ष खेलाडी बनेका थिए । डायस एफडब्लुए वर्ष खेलाडी घोषित हुने तेस्रो गैर इंग्लिस खेलाडी हुन् । 

यसअघि योर्गन क्लिन्सम्यान (१९९५) र जियानफ्रान्को जोला (१९९७) मा वर्ष खेलाडी घोषित भएका थिए । जर्मनीका क्लिन्सम्यानले सन् १९९८ देखि १९९९ सम्म टोटनहमबाट खेलेका थिए । त्यस्तै इटालीका पूर्व स्ट्राइकर जोला सन् १९९६ देखि २००३ सम्म चेल्सीमा थिए । इंग्लिस फुटबल पत्रकार संघले सन् १९८९ देखि वर्ष खेलाडी घोषणा गर्दै आएको छ । 


 


Author

थप समाचार
x