म्यानचेस्टर सिटीलाई कस्तो बनाउने ? ग्वार्डिओलालाई अर्को मौका
म्यानचेस्टर सिटी स्थापना भएपछि ४० भन्दा बढी प्रशिक्षकहरुले क्लब सम्हालेका छन् । ती मध्ये वाइल्फ वाइल्ड सबैभन्दा धेरै वर्ष सिटीमा रहने प्रशिक्षक हुन् । इग्ल्यान्डका वाइल्फ सिटीमा १४ वर्षभन्दा बढी रहे । त्यस्तै लेस म्याकडावल्ड सिटीमा १३ वर्ष रहे ।
ब्रिटिसकालिन भारतमा जन्मिएका म्याकडावल्ड सिटीमा रहँदा कुशल रणनीतिक प्रशिक्षकका रुपमा कहलिए । फुटबलमा सेन्ट्रल फर्वाडलाई कसरी प्रभावकारी रुपमा प्रयोग गर्ने भन्ने रणनीति बनाउन स्कटिस पृष्ठभूमिका म्याकडावल्डको ठुलो योगदान छ । म्याकडावल्डले सन् १९५० देखि ६३ सम्म सिटीमा रहँदा पूर्वी म्यानचेस्टर क्लबलाई एफए कप जिताए । त्यसपछिका धेरैजसो प्रशिक्षकहरु त्यत्तिको लामो समयसम्म सिटीमा टिकेनन् ।
त्यसो त फुटबलले आधुनिक रुप ग्रहण गरिसकेपछिको युगमा कुनै पनि प्रशिक्षक एउटा क्लबमा दुई या तीन वर्ष टिक्नु नै उल्लेख्य हुने अवस्था आइपुग्यो । त्यस्तैमा पेप ग्वार्डिओला बार्सिलोना र बार्यन म्युनिखको बसाईपछि सिटी आइपुगे । जहाँ उनी क्लब इतिहासमै लामो समयसम्म रहने प्रशिक्षकहरुको सूचीमा थपिएका छन् ।
भर्खरै गरेको अनुबन्धन नविकरणलाई समेत जोड्ने हो भने ग्वार्डिओला सिटीमा सात वर्ष रहनेछन् । अहिलेको परिवर्तनशिल फुटबलमा, ग्वार्डिओला जस्ता प्रशिक्षक एउटै क्लबमा त्यतिका समय रहनु सामान्य होइन । जबकी ग्वार्डिओला सिटी आउनुअघि बार्सिलोना र बार्यन म्युनिखमा क्रमशः चार र तीन वर्षमात्र रहे ।
त्यसोत सिटीमा ग्वार्डिओला आफुले चाहेको जस्तो निर्णय लिन सक्छन् । सिटीमा उनी भन्दा महत्वपूर्ण व्यक्ति अर्को छैन् । सायद यस्ता कारणले गर्दा पनि उनलाई सिटीमा रहिरहन समस्या छैन । हुन त, ग्वार्डिओलाले पाँच वर्षको अन्तरालमा सिटीलाई दुई पटक प्रिमियर लिग जिताएका छन् । यो क्लबका लागि महत्वपूर्ण उपलब्धि हो । ग्वार्डिओला नेतृत्वको सिटीले उपाधि त जितेकै छ । साथै सुन्दर खेल पनि पस्केको छ । कुनैपनि टीमले सुन्दर खेल पस्केर निरन्तर उपाधि जित्नु चानचुने कुरा होइन ।
युरोपियन क्लब फुटबलमा स्थापित शक्ति बन्ने बाटोमा लम्किरहेको सिटीका लागि ग्वार्डिओलाको उपस्थिती महत्वपूर्ण छ । त्यसकारण पनि सिटीले ग्वार्डिओलालाई नयाँ करार दिनु अचम्मलाग्दो होइन । तर नयाँ करार सम्झौतासँगै ग्वार्डिओलाले सिटीमा फेरि अर्को बलियो टीम बनाउने मौका पाएका छन् ।
यूरोपका ठूला क्लबहरुले एउटै प्रशिक्षकलाई लामो समयसम्म विश्वास गर्दैनन् । त्यसकारण, ठुला क्लबहरुमा प्रशिक्षकहरुले पर्याप्त नयाँ अनुहारलाई अनुबन्धन गर्दै टीमको पुनःनिर्माण गर्ने मौका सजिलै पाउँदैनन् । त्यस अर्थमा, ग्वार्डिओला भाग्यमानी हुन् । उनले माउरिसियो पोचेटिनोको नियती भोग्नु परेन । टोटेनहमले टीम पुनः निर्माण गर्ने जिम्मा पोचेटिनोलाई दिनुभन्दा प्रशिक्षक नै परिर्वतन गर्नु उचित ठान्यो ।
मेस्सीले बार्सिलोनाको प्रत्येक समस्याको दोषी आफुलाई देखाइने भन्दै दिकदारी व्यक्त गरिरहेका बेला ग्वार्डिओलाले सिटीसँगको बसाई लम्ब्याउने घोषणा गरे । मेस्सी त्यसै पनि अर्को सिजन फ्रि-एजेन्ट बन्दैछन । त्यसकारण, उनी सिटी आउने हल्ला फेरि चल्नेछ ।
सिटी पोचेटिनो नेतृत्वको टोटेनहम जस्तो ओरालो लागिहालेको अवस्था होइन । तर गत सिजन सिटीले बिगतका सिजनहरुमा देखाएको जुझारुपन देखाउन सकेन । लिभरपुलले लिग उचाल्दा सिटीले ८१ अंक मात्र जोड्न सक्यो । जुन पहिलाका दुई सिजनको भन्दा कम अंक हो । सिटीले २०१८-१९ र २०१७-१८ मा क्रमशः ९८ र १ सय अंक बटुलेको थियो । हुन त, प्रिमियर लिगको कुनैपनि सिजनमा ८१ अंक बनाउनु सजिलो हुँदैन । तर ग्वार्डिओलाको टीम भन्ने बित्तिकै अपेक्षा बढ्छ नै ।
युरोपियन क्लब फुटबलको इतिहास खोतल्ने हो भने थोरै प्रशिक्षकहरुले मात्र आफ्नो करियरमा एउटा भन्दा धेरै महान टीम खडा गर्न सकेका छन् । सायद त्यसो गर्न सबैका लागि समय र स्रोत उपलब्ध हुदैन । चार प्रशिक्षकले मात्र दुई फरक टीमलाई प्रिमियर लिग उपाधि जिताएका छन् । जोसे मौउरिन्होले चेल्सीमा दुई फरक कार्यकालमा प्रिमियर लिग जिते । त्यस्तै सर एलेक्स फर्गुसन र माट बस्बीले एउटै क्लबमा तीन फरक महान टीमहरु खडा गर्न सफल भए । अनि ह्यारी क्याटरीक, बिल श्याङक्ली, बब पेज्ली र आर्सन वेङगरले एउटै क्लबमा रही दुई महान टीमहरुको निर्माण गरे । तर यी प्रशिक्षकहरु बाहेक अरु कसैले पनि एउटै क्लबमा रहेर एक भन्दा बढी महान भन्न मिल्ने टीम बनाउन सकेका छैनन् ।
कुनै पनि टीम एउटा बिन्दुमा पुगेपछि कमजोर हुन थाल्छ । खेलाडीहरुको लय बिग्रन्छ । कतिले क्लब नै छाड्छन् । बाँकीलाई उमेरले साथ नदिन सक्छ । त्यसकारण, प्रशिक्षकको काधमा पुनःनिर्माणको जिम्मेवारी आइपुग्छ । कतिपय अवस्थामा प्रशिक्षकले नै भएको खेलाडीहरुलाई बिदा गरी नयाँ अनुहारलाई भित्र्याउनु पर्ने हुन सक्छ । तर धेरै वर्ष आफुसँग रहेको खेलाडीलाई, टीमलाई अब तिम्रो आवश्यकता छैन भन्न कहाँ सजिलो छ र । तर क्लबलाई पुनः जागृत गर्न प्रशिक्षकले आवश्यक कदम चाल्नैपर्छ ।
सिटीमा ग्वार्डिओलाले थप उपाधि जित्न टीमको पुनःनिर्माण गर्न आवश्यक कदम चाल्न सुरु गरिसकेका छन् । लामो समय क्लब कप्तान रहेका भिन्सेन्ट कम्पनीले क्लब छाडिसके । सर्जियो अग्वेरो बिना पनि सिटीको आक्रमण विभाग बलियो रहने अवस्था छ । त्यसो त रुबेन डायस र फेरान टोरेसको आगमनले कम्पनी र अग्वेराको अभाव पूर्ती गर्नेछ । तर सिटीलाई फर्नान्डीन्हो जस्ता खेलाडी प्रतिस्थापन गर्न भने सजिलो हुने छैन । सिटी प्रत्येक सरुवा बजारमा कुनै ठूलो स्टारसँग जोडिएकै हुन्छ ।
रोचक त के छ भने बार्सिलोनाका लियोनल मेस्सीको नामसमेत सिटीसँग जोडिदै आएको छ । मेस्सीले बार्सिलोनाको प्रत्येक समस्याको दोषी आफुलाई देखाइने भन्दै दिकदारी व्यक्त गरिरहेका बेला ग्वार्डिओलाले सिटीसँगको बसाई लम्ब्याउने घोषणा गरे । मेस्सी त्यसै पनि अर्को सिजन फ्रि-एजेन्ट बन्दैछन् । त्यसकारण, उनी सिटी आउने हल्ला फेरि चल्नेछ । सिटीले मेस्सीलाई अनुबन्धन गरे त्यसले पक्कै पनि विश्व फुटबल हल्लाउनेछ । तर मेस्सीका कारण बार्सिलोनामा देखिएको समस्या सिटीमा पनि देखिनेछ । त्यो भनेको खेल सम्बन्धीको रणनीतिक समस्या । ग्वार्डिओलाका लागि मेस्सी र सिटीमा भएका आक्रमक खेलाडीहरुलाई एउटै टीममा सन्तुलित तवरले खेलाउन सजिलो हुने छैन ।
आधुनिक फुटबल परिर्वतनशिल छ । आजकल लामो समय बल नियन्त्रणमा राख्दैमा खेल जितिन्छ भन्ने ग्यारेन्टी हुँदैन । रक्षात्मक हुने अनि प्रत्याक्रमणमा गोल गर्ने नीतिले पनि महत्वपूणृ खेल जित्न सकिने अवस्था छ । स्पेनिसहरुको ‘पोजेसन गेम’ लाई जर्मनहरुको ‘काउन्टर प्रेस’ले प्रतिस्थापन गर्न थालिसक्यो । र्योगेन क्लप, हान्सी फ्लिक र जुलियान नागेल्सम्यान जस्ता प्रशिक्षकहरुको ‘हाई प्रेस’ ले युरोपियन क्लब फुटबलमा निरन्तर छाप छोड्दै आएको छ ।
आजकल लामो समय बल नियन्त्रणमा राख्दैमा खेल जितिन्छ भन्ने ग्यारेन्टी हुँदैन । रक्षात्मक हुने अनि प्रत्याक्रमणमा गोल गर्ने नीतिले पनि महत्वपूणृ खेल जित्न सकिने अवस्था छ । स्पेनिसहरुको ‘पोजेसन गेम’ लाई जर्मनहरुको ‘काउन्टर प्रेस’ ले प्रतिस्थापन गर्न थालिसके ।
इंगल्यान्ड आइसकेपछि ग्वार्डिओलाले १२ खेलमा क्लपको सामना गरेका छन् । तर पाँच खेलमा मात्र जित दर्ता गरेका छन् । यसले पनि के देखाउछ भने ग्वार्डिओलाले प्रिमियर लिगमा थप उपलब्धि हासिल गर्न आफ्नो रणनीतिमा आवश्यकता अनुसार लचिलो हुनैपर्छ । हुन त, बेला बेलामा ग्वार्डिओलाले आफुले प्रयोग गर्दै आएको भन्दा भिन्न रणनीति अपनाएर धेरैलाई अचम्ममा पारेका छन् । तर लामो समयसम्म माथिल्लो स्तरमा टिकिराख्न आवश्यकता अनुसार फरक खेल खेलाउनैपर्छ ।
प्रशिक्षको एउटै शैलीले एउटा टीमलाई लामो समयसम्म माथिल्लो स्तरमा टिकाउन सक्दैन भन्ने तथ्यको भुत्तभोगी बार्सिलोना र बार्यन हुन् । जहाँ, ग्वार्डिओलाको अन्तिम सिजनहरुमा उनको शैलीले काम गर्न छाडेको भनेर आलोचना गरियो । त्यसकारण पनि ग्वार्डिओलाले आफ्नो शैलीलाई समयानुकुल परिवर्तन गर्न सक्छन् सक्दैनन्, भन्ने कुराले उनको म्यानचेस्टरमा बाँकी बसाई सफल हुने वा नहुने निर्क्यौल गर्छ ।
सिटीलाई यसअघि नै रोर्बटो मान्सिनी र म्यानुएल पेलेर्गिनीले प्रिमियर लिग जिताईसकेका थिए । तर उनीहरु च्याम्पियन्स लिगमा भने फिक्का रहे । त्यसकारण पनि सिटीका लागि ग्वार्डिओलाको आगमन च्याम्पियन्स लिग जित्ने सपनासँग आबद्ध थियो । ग्वार्डिओलाले पनि सिटीलाई प्रिमियर लिग त जिताए तर च्याम्पियन्स लिगको ट्रफि भित्र्याउन असफल बन्दै आएका छन् । त्यस अर्थमा पनि अबको तीन वर्ष ग्वार्डिओलाका लागि च्याम्पियन्स लिग जित्ने समय सिमा हो ।
हो सिटीमा बसाई लम्ब्याउने निर्णय ग्वार्डिओला कै हो । उनी क्लब कै इतिहासमा सबैभन्दा सफल प्रशिक्षकका रुपमा दाखिल भइसके । सिटीमा उनले जे चाहे त्यही हुन्छ । उनलाई सरुवा बजारमा खेलाडी छान्ने स्वतन्त्रता छ । यस्तो लाग्छ सिटीका लगि ग्वार्डिओला भन्दा उत्तम प्रशिक्षक अर्को कोही छैन । ग्वार्डिओलाले क्लब छाड्ने निर्णय गरिहाले सिटीले उनको स्थानमा कसलाई ल्याउने ? उत्तर सजिलो छैन । त्यसकारण कम्तिमा अहिलेका लागि सिटी र ग्वार्डिओला एक अर्काका लागि परिपूरक हुन् । (दि गार्डियनबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया