देश छाडेर भागेकी इरानी चेस खेलाडीलाई स्पेनको नागरिकता
काठमाडौँ- अनिवार्य रुपमा लगाउनु पर्ने हिजाब नलगाएरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी इरानी चेस खेलाडी सारा खादेमले स्पेनको नागरिकता प्राप्त गरेकी छन् ।
इरानमा हिजाबलाई लिएर प्रदर्शन चलिरहँदा गत डिसेम्बरमा कजाकस्तानमा चेसको विश्वकपमा २६ वर्षीया चेस ग्रान्डमास्टर साराले हिजाब बहिस्कार गरेकी थिइन् । इरानी महिलालाई हिजाब प्रयोग अनिवार्य गरिएको छ ।
हिजाबको नियम उल्लंघन गरेकी सारा प्रतियोगितापछि श्रीमान र छोरासहित स्पेन पुगेकी थिइन् । उक्त समयमा इरानमा महिलाको लुगा लगाउनु विषयमा देशव्यापी विरोध प्रदर्शन भइरहेको थियो । साथै २२ जना पक्राउ परेका थिए ।
सारालाई स्पेनको नागरिकता प्रदान गरिएको स्पेनका न्याय मन्त्री पिलार लोपले जनाएको अल-जजिराले उल्लेख गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया