राष्ट्रिय खुल्ला किकबक्सिङ प्रतियोगिता भदौ २१ देखि
काठमाडौँ- पाँचौँ वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किकबक्सिङ प्रतियोगिता भदौ २१ देखि २३ गतेसम्म हुने भएको छ ।
प्रतियोगिता ललितपुरको गोदावरी नगरपालिकास्थित प्याङ्गगाउँमा हुने आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिका अध्यक्ष विनोद महर्जनका अनुसार पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने महर्जनले जनाए ।
प्रतियोगिताका प्रत्येक तौल समूहमा स्वर्ण जित्नेले ३० हजार, रजत जित्नेले १८ हजार तथा कास्य पदक हात पार्नेले जनही ८-८ हजार पाउनेछन् । पुरुष र महिला दुवैतर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार पाउने आयोजकले जनाएको छ ।
त्यसैगरी, टिम च्याम्पियनले १ लाख दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाउनेछन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, मुआई थाई, किकक्सिङ्ग, फुल कन्ट्याक्ट कराते, आईटीएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहने छ ।
प्रतियोगिताको अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ ।
यसका लागि गोदावरी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया