धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सुरु
काठमाडौँ- पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० आइतबारबाट सुरु भएको छ ।
पहिलो दिन राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य जित हात पार्दै दोस्रो चरणमा पुगे ।
रिषभले शैलश अमात्यलाई सजिलै ११–०, ११–२ र ११–७ को सोझो सेटमा हराए । निशान्तले अजय सिंह, धीरुले अजित के. सिंह (११–५, ११–५, ११–६) र रत्नकाजीले जुनिल शाक्य (११–४, ११–२, ११–३) लाई पनि सीधा सेटमा पराजित गरेर प्रिक्वाटरफाइनलको यात्रा तय गरे ।
प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ तथा राजकुमारले राज महर्जनविरुद्धको ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले जित हात पारे ।
राजेन्द्रले आश्विन तोडीविरुद्ध वाकओभर प्राप्त गरी अगाडि बढे ।
मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के. सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आ-आफ्नो खेल जितेर पहिलो चरण पार गरे ।
सुरेशले अनिल वज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई ५–११, १०–१२, १३–११, ११–४, ११–३ ले पराजित गरे ।
अजय केशरले महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ ले पराजित गर्दा इन्द्रबहादुरले रत्न महर्जनलाई ११–२, ११–४ र ११–६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०(१२ र ११–२ ले हराएर दोस्रो चरणमा स्थान बनाए ।
घरेलु स्क्वासको सबभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास साउन २७ गते सम्पन्न हुनेछ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत आयोजना भएको हो । स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया