खेलकुद

पाकिस्तान सुपर लिगका बाँकी खेल आबुधाबीमा हुने

इकागज |
जेठ ८, २०७८ शनिवार १९:४७ बजे

काठमाडौँ: पाकिस्तान सुपर लिग (पीएसएल) संयुक्त अरब इमिरेट्स (युएई)मा हुने भएको छ । पीएसएल मार्चको पहिलो सातामा स्थगित भएको थियो । पाँचौ चरणका खेलहरू हुँदै गर्दा पीएसएल स्थगित गरिएको थियो । अब बाँकी खेलहरू जुनको जुन ५ देखि २० सम्म आबुधाबीमा खेलाइनेछ । 

पाकिस्तान अखबार डनका अनुसार पीएसएलमा भाग लिने सम्पूर्ण टिमका खेलाडी तथा अफिसियलहरुको कोभिड–१९ परिक्षण शनिबार (आज) गरिनेछ । र, उनीहरुलाई लाहोर र कराँचीका होटलमा राखिनेछ । उनीहरुलाई मे २६ मा आबुधाबी पुर्‍यानेछ । आबुधाबीतर्फ लाग्नुअघि उनीहरूले पुनः कोभिड–१९ परिक्षण गराउनेछन् ।  


प्रतियोगिता स्थल पक्का भइसके पनि खेल तालिका भने सार्वजनिक गरिएको छैन । पीएसएल प्रशारण गर्ने भारतीय तथा दक्षिण अफ्रिकी टेलिभिजनका सदस्य आबुधाबी पुगेपछि मात्रै खेल तालिका सार्वजनिक गरिने बताइएको छ । 

पीएसएलका टिमसँग अनुबन्धित सबै विदेशी खेलाडीहरु भने आबुधाबी जाने छैनन् । श्रीलंकाले बंगलादेशको भ्रमण गर्ने, न्यूजिल्यान्डले इंगल्यान्डसँग टेस्ट श्रृंखला खेल्ने र दक्षिण अफ्रिका तथा वेस्ट इन्डिजबीच पनि खेलहरु हुने भएकाले उल्लेखित टिमका खेलाडीहरु पीएसलमा सहभागी हुने सम्भावना कम छ । त्यसकारण, पीएसएलका फ्रेन्चाइज टिमहरू वैकल्पिक खेलाडी अनुबन्ध गर्नमा व्यस्त छन् । 
  


Author

थप समाचार
x