राष्ट्रिय स्क्वासः अरहन्त क्वार्टरफाइनलमा
काठमाडौँ - उपाधि दावेदार अरहन्त केशर सिम्हा सोमबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अरहन्तले प्रिक्वाटरफाइनलमा राजकुमार श्रेष्ठलाई ११–१, ११–३, ११–२ को सोझो सेटमा पराजित गरे ।
अन्तिम १६ अन्तर्गत भएका अन्य खेलमा अमिर ब्लोनले विनायक श्रेष्ठलाई ११–९, ११–१ र १२–१०, उमित शाक्यले रत्नकाजी शाक्यलाई ११–७, ११–७, ११–६ तथा दीपक थापाले प्रयाज्ञ जोशीलाई ११–१, ११–२, ११–६ ले सोझो सेटमा पराजित गरे ।
पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडी अहरन्त, अमिर, उमित र दीपकले पहिलो चरणमा ‘बाइ’ पाएका थिए ।
यता राजेन्द्र शाक्यले धीर पुनलाई ११–४, ११–५, ११–६ ले हराएर अन्तिम आठको यात्रा तय गरे ।
प्रिक्वाटरफाइनलमा दिव्यराज वज्राचार्यले शिव कायस्थबाट वाकओभर प्राप्त गरे ।
यसैगरी निशान्त अग्रवालले सुर्जन श्रेष्ठलाई ११–४, ११–२, ११–६ तथा रसुभ चुरवालले पासाङ ब्लोनलाई १४–१६, ११–८, ११–८, ११–५ ले हराएर अन्तिम ८ मा स्थान सुरक्षित गरे ।
मास्टर्स (प्लस ५०) विधामा किशोर महर्जन, मनोजबहादुर श्रेष्ठ, धीर पुन, प्रमोद श्रेष्ठ, दिलिप नाथ अधिकारी, प्रवीण कंसाकार सुदीप बहादुर सिंह र प्रज्ज्वल प्रधान क्वार्टरफाइनलमा पुगे ।
किशोरले लालबहादुर गुरुङ, सुदीपले प्रेम सिंह तथा प्रमोदले इन्द्रबहादुर कार्कीबाट वाकओभर पाएपछि नखेलीकनै अर्को चरणमा स्थान बनाए ।
अन्य खेलमा मनोजले सुरेश शाक्यलाई ८–११, ६–११, ११–८, ११–४, १२–१० तथा धीरले विदुर धमलालाई ११–६, ११–८, ११–६ ले निराश बनाए ।
यसैगरी, दिपिले एम.एल मास्केलाई ११–३, ११–३, ११–३, प्रवीणले अजय के. सिम्हालाई ११–७, १३–११, ११–४ तथा प्रज्वलले रुपकृष्ण श्रेष्ठलाई ११–४, ११–५, १३–११ ले हराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया