खेलकुद

एथ्लेटिको म्याड्रिडले जित्यो ला लिगा उपाधि

इकागज |
जेठ ९, २०७८ आइतबार ६:५६ बजे

काठमाडौँ : रियल म्याड्रिडलाई पछि पार्दै एथ्लेटिको म्याड्रिडले ला लिगा उपाधि जितेको छ । शनिबार राती भएको अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले हराउँदै एथ्लेटिकोले उपाधि उचालेको हो । 

एथ्लेटिकोलाई उपाधि दिलाउन लुइस स्वारेजले निर्णायक गोल गरे । ३८ खेलबाट ८६ अंक जोडेको एथ्लेटिकोले अन्तिम खेलबाट उपाधि उचाल्न सकेको हो । गएरातीकै खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २-१ गोल अन्तरले हराएपनि साविक विजेता टोली दोस्रो स्थानमा रह्यो ।


रियलको ३८ खेलबाट ८४ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ । यसै सिजन बार्सिलोनाबाट एथ्लेटिको आएका स्वारेजले टिमलाई उपाधि दिलाउन सफल भए । एथ्लेटिको म्याड्रिडको यो ११ औँ ला लिगा उपाधि हो । पछिल्लो सात वर्षपछि उसले ला लिगा उपाधि जितेको हो । 


Author

थप समाचार
x