खेलकुद

साविक उप-विजेता नेदरल्यान्ड्सलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा

इकागज |
साउन २६, २०८० शुक्रबार ९:२९ बजे

काठमाडौँ- साविक उप-विजेता नेदरल्यान्ड्सलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्यूजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा आज विहान भएको पहिलो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई २-१ ले हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।


स्पेनलाई सेमिफाइनलमा पुर्‍याउन सल्मा पारालुइलो र मरियाना काल्डेन्टीले एक-एक गोल गरे ।

नेदरल्यन्ड्सका लागि स्टेफानी भान डेर ग्राग्टाले एक गोल फर्काइन् ।

मारियानाले ८१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । नेदरल्यान्ड्सका खेलाडी पेनाल्टी बक्सभित्र बल छोएपछि स्पेनले पेनाल्टी पाएको थियो ।

तर दोस्रो हाफको इन्जरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल गर्न सफल भयो ।

इन्जुरी समयमा पहिलो मिनेटमै स्टेफानी भान डेर ग्राग्टाले नेदरल्यान्ड्का लागि गोल फर्काइन् ।

निर्धारित समयमा खेल १-१ को बराबरीमा टुंगिएपछि थप गरिएको समयमा स्पेनले गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

सल्मा १ सय ११ औँ मिनेटमा गोल गर्दै स्पेनको जित सुनिश्चित गरिन् ।


Author

थप समाचार
x